काठमाडौं, १७ बैशाख । सत्तारढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज साँझ ५ बजे बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकतर्फ सबैको ध्यान खिचिएको छ। तर, सचिवालय बैठकमा सहभागी हुनुपुर्व अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधव कुमार नेपालले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट हटाउनेगरि संयुक्त प्रस्ताव तयार पारेको स्रोतको दाबी छ ।
अध्यादेश प्रकरणपछि ओलीमाथि प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुपर्ने दबाब परेको छ । तर, ओलीले आफू जस्तोसुकै चूनौतिको पनि सामाना गर्ने भन्दै तत्काल दुवै पदबाट राजीनामा नदिने अडान लिएका छन् । बरु, संसदीय दलमा आफ्नो बुहमतसिद्ध गर्नेगरि ओलीले गृहकार्य गरेका छन् । यसको लागि ओली पक्षका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ, नवराज सिलवाल, विजय सुब्बाले संसदीय दलमा बहुमत पुर्याउनेगरि तयारी गरेको स्रोतको दाबी छ ।
यसअघि प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाल र नेता नेपालसँग छुट्टाछुट्टै छलफल गरेर विवाद हल गर्ने प्रयास गरेका थिए । तर, दाहाल नेपाल समूहका २० जना स्थायी कमिटी सदस्यहरुले तत्काल स्थायी कमिटी बैठक बोलाउन लिखित रुपमा दबाब दिएपछि दाहाल र नेपाल ओली हटाउनको लागि थप दबाबमा परेका हुन् । तर, ओलीले आफूसँग संसदीय दलमा स्पष्ट बहुमत रहेको भन्दै जस्तोसुकै चूनौतिको पनि सामना गर्ने चेतावनी दिएका छन् । File Photo