Logo

दुईजना नयाँ कोरोना संक्रमित भेटिए



काठमाडौं, १९ वैशाख । नेपालमा कोरोना भाइरस संक्रमित संख्या ५९ पुगेको छ । आज थप दुई नयाँ संक्रमित रुपन्देही र बाँकेमा भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज पत्ता लागेका संक्रमितहरु रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुष हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार कुल ५९ संक्रमितमध्ये १६ जना नीको भई घर फर्किइसकेका छन् । ४३ जना विभिन्न अस्पतालहरुमा उपचाररत छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot