सउल, बैशाख २० । उत्तर कोरियाली नेता किम जोङ उन २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएको दाबी गरिएको छ। कोरियाली सरकारी समाचार समिति केसीएनएले नेता किमले मल कारखाना उद्घाटन गर्न रिबन काट्दै गरेको तस्बिर सार्वजनिक गरेको हो।
अप्रिल १२ देखि सार्वजनिक रुपमा नदेखिएका किम गम्भीर रुपमा बिरामी भएका वा मृत्यु भएको सम्मका आशंकासहितका समाचारहरु सार्वजनिक भएका थिए ।
किमले शुक्रबार सुन्चोन फोस्फाटिक मल कारखानाको भ्रमण गरेको दक्षिण कोरियाली समाचार समिति योनहापले जनाएको छ। एजेन्सी