Logo

बालुवाटारमा ओलीसहित सचिवालयका ५ जना भेला, दाहाल-नेपाल अल्पमतमा



काठमाडौं, २० बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बैठक आज साँझ साँढे ५ बजे बस्दैछ । तर, बैठक बस्नुअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सचिवालयका पाँच जनाको छुट्टै भेला भएको छ । पत्रकार किशोर श्रेष्ठले फेशबुकमा लेखेअनुसार सचिवालय बैठक बस्नुअघि बालुवाटारमा सचिवालय सदस्यहरु वामदेव गौतम, ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा बादल पुगेका छन् ।

सचिवालयका ९ जना सदस्यहरुमध्ये ५ जना बालुवाटारमा भेला हुनुले पनि आजको सचिवालयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा ५ जना उभिएको र यो संख्या बहुमत भएको प्रष्ट देखिन्छ । योसँगै प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिन नपर्ने बुझिएको छ ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनाल, र प्रवक्ता नारायणकाजी श्रेष्ठ ओलीको राजीनामा माग्ने पक्षमा उभिएका छन् । गत बुधबारको सचिवालय बैठकमै दाहाल र नेता नेपालले ओलीको राजीनामा मागेका थिए । तर, ओलीले आफूले राजीनामा दिनुपरे वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावसँगै दाहाल नेपाल गठबन्धन कमजोर भएको हो । File Photo



प्रतिक्रिया दिनुहोस्