Logo

सरकार नै असफल बनाउने चाबाहिलको सडक : अब बन्छ(तस्विर)



वैशाख २०, काठमाण्डौ । लकडाउनको समयमा आवतजावत कम हुने भएकाले सडक मर्मतको काम धमाधम भइरहेको छ । वर्षा हुनासाथ जलमग्न हुने काठमाण्डौ उपत्यकाका विभिन्न स्थानका सडक सुधारको कामले तीब्रता पाएको छ । त्यसैगरी सडकमा ट्राफिक नियमअनुसारको रङरोगन गर्ने काम पनि भइरहेको छ ।

काठमाण्डौको धेरैमध्येको एउटा नराम्रो पक्ष हो अस्तव्यस्त सडक र सवारी । अनि धुँवा धुलो । तर अहिले काठमाण्डौको अवस्था फेरिएको छ । लक डाउनले सवारी साधन चल्न पाएका छैनन् । उद्योग कलकारखाना पनि बन्द छन् ।

यही बेला सरकारले सडक मर्मतको काम पनि गरिरहेको छ । जसले गर्दा अहिले काठमाण्डौका सडक सफा र सुन्दर देखिएका छन् भने वातावरण प्रदुषणमा पनि निकै कमी आएको छ । धेरै वर्षदेखि चर्चामा रहेको काठमाण्डौको चाबाहिल क्षेत्रको सडकले रुप फेर्दैछ । अघिल्लो वर्षको वर्षायाममा यस क्षेत्रको सडक अस्तव्यस्त हुँदा पैदलयात्रीदेखि सवारी साधनसम्मले निकै सास्ती भोगे ।

यही सडक देखाएर सरकारमाथि बारम्बार काम गर्न नसकेको आरोप लाग्यो । अहिले भने यो क्षेत्रको सकड लक डाउनको समयमा धमाधम मर्मत भइरहेको छ । कोरोनाको सम्भावित जोखिमलाई मध्येनजर गर्दै सुरक्षित तरिकाले काम भइरहेको सडक विभागका महानिर्देशक केशबकुमार शर्माले बताए । कामदारको सुरक्षामा पर्याप्त ध्यान दिइएको शर्माको दावी छ ।

पछिल्ला दिनमा धमाधम सडकमा काम हुँदा अब लक डाउन खुलेपछि यात्रा सहज हुने भन्दै सर्वसाधारण पनि खुशी छन् । कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि चैत ११ देखि गरिएको बन्दाबन्दीका कारण देशैभरका सडकमा अत्यावश्यक बाहेकका सवारी साधन गुडेका छैनन् ।

यही बेला काठमाडौंका लगभग सडकको काममा निकै प्रगति भइसकेको छ । अरुबेला सवारी चाप अत्याधिक हुने सडकहरु अहिले खाली छन् । यही अवसर पारेर सडक विभागले अहिले रोड मार्किङको, मर्मतको काम धमाधम गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्