Logo

कोरोना : मृतकको संख्या २ लाख ४३ हजार, ३५ लाख संक्रमित



कोरोनाले सबैभन्दा धेरै अमेरिकाका नागरिकको मृत्यु भएको छ भने संक्रमण पनि अमेरिकामा नै धेरै फैलिएको छ ।
अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या आइतवार राति १ बजेसम्मको रिपोर्टअनुसार ६६ हजार ६ सय ४० पुगेको छ । त्यस्तै त्यहाँ भाइरसबाट संक्रमित हुनेहरुको संख्या ११ लाख ४७ हजार ३ सय पुगेको छ । शुक्रबार मात्र अमेरिकामा ८ सय ८७ जनाको मृत्यु भएको छ ।

उता, बेलायतमा मृत्यु हुनेको संख्या २८ हजार १ सय ३१ पुगेको छ । संक्रमितको संख्या १ लाख ८२ हजार नाघेको छ ।

कोरोनाको उद्गमस्थल चिनमा ८२ हजार ८ सय जना संक्रमित भएका छन । तर त्यहाँ ७७ हजारभन्दा बढि उपचारपछि निको भइसकेका छन् ।

शनिवार इटालीमा ४ सय ७४ जनाको मृत्यु भएको छ भने स्पेनमा २ सय ७६ जनाको मृत्यु भएको छ । योसहित इटालीमा मर्नेको संख्या २८ हजार ७ सय १० पुगेको छ भने स्पेनमा २५ हजार १ सय पुगेको छ ।

फ्रान्समा २४ हजार ५ सयभन्दा बढिको मृत्यु भइसकेको छ । फ्रान्समा १ लाख ६७ हजार ३ सय संक्रमित छन् ।  छिमेकी मुलुक भारतमा पनि मृत्यु हुनेको संख्या १ हजार २ सय २३ जना पुगिसकेको छ । भारतमा संक्रमितको संख्या ३७ हजार ७ सय नाघेको छ ।

कुन देशमा कतिको मृत्यु ?

बेेेेेेेेेेल्जियम – ७७६५

जर्मनी – ६७३६

इरान – ६१५६

ब्राजिल – ६४३४

नेदरल्याण्ड – ४९८७

टर्की – ३३३६

क्यानडा – ३५६०

स्विडेन – २६६९

स्विजरल्याण्ड – १७६०

मेक्सिको – १९७२

इक्वेडर – १३७१

आयरल्याण्ड – १२८६

रुस – १२२२

पेरु – ११२४

पोर्चुगल – १०२३

चिनको वुहान सहरमा पहिलोपटक देखिएको कोरोना अहिले विश्वभरका २ सय १२ देशमा फैलिएको छ ।

अहिलेसम्म यो भाइरसका कारण ३४ लाख ५६ हजार संक्रमित भएका छन् । संक्रमितमध्ये करिब ११ लाख २ हजार जना निको भएका छन् । उपचाररत करिब २१ लाख ११ हजारमध्ये करिब ५१ हजारको अवस्था भने चिन्ताजनक छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot