Logo

खाना र पानी अभावले जेलमा दंगा हुँदा ४० कैदीको मृत्यु



एजेन्सी, २१ वैशाख । भेनेजुएलाको जेलमा दंगा हुँदा ४० जनाको मृत्यु भएको छ । लोस लानोस जेलमा खाना र पानीको अभाव भएपछि शनिबार कैदी बन्दीबीच दंगा भएको थियो । घटनामा दर्जनौं घाइते भई अस्पताल लगिएका छन् ।

भेनेजुएलाका जेल अनुगमनकर्ताको भनाई उदृत गर्दै बीबीसीले जेलमा खाना र पानीका लागि झडप भएको उल्लेख गरेका ेछ । जेल अधिकारीलगायत सरकारी अधिकारी समेत दंगामा घाइते भएका छन् ।

जेलबाट कैदीबन्दी भाग्न खोजेको रिपोर्ट बनाइएको छ । घटनामा दुई पक्षबीच झडप भएको थियो ।

कोरोना भाइरसका कारण भेनेजुएला झन ठूलो संकटमा छ । त्यहाँ लामो समययता राजनीतिक संकटले आर्थिक मन्दी समेत छ । जसको असर जेलहरुसम्म पुगेको छ ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot