Logo

छोराछोरी अँगाल्ने र बाबुआमा भेट्ने कुरा त्याग गरेको छु



काठमाडौं, २१ वैशाख । कोभिड–१९ को संकटका बीच महिलाको जनजिवनमा विश्वभरि नै बदलाब हुँदैछ । कतिपयको काम र आफ्नो व्यक्तिगत् जिवन भने ठप्प छ, अधिकांशमा तनाब र नयाँ चुनौति थपिएका छन् ।

यद्दपी कोभिड–१९ विरुद्ध लड्न विश्वका दशौं लाख महिला सामुने आएर अनिवार्य शक्तिको रुपमा परिचालित छन् । विश्वब्यापी रुपमा स्वास्थ्य र सामाजिक सेवा क्षेत्रमा महिला श्रमिकको संख्या अत्याधिक छन् । कृषि क्षेत्रमा प्रत्येक तीन जना महिलामा एकजना कार्यरत छन् । घरेलु काममा भने श्रम वापत् कुनै भुक्तानी नै नलिई पुरुषको भन्दा तीन गुणाबढी काम गर्छन् । खेतीपातीदेखि पहिलो प्रतिक्रिया जनाउने सेवा क्षेत्रसम्म र कोभिड–१९ रुपी महामारीको बेला महिलाले आफ्नो समुदायलाई सुरक्षित र सहज बनाउन भारी संख्यामा परिचालित छन् ।

संयुक्त राष्ट्र संघले काममा सुरक्षा र स्वास्थ्य सम्बन्धी विश्व दिवसको अवसरमा अग्रपंक्तिका पाँचजना महिलाको कथा समेटिएको छ । संयुक्त राष्ट्र संघले उहाँहरुको भूमिका र योगदानलाई ध्यानमा राखेर कोभिड–१९ को महामारीका बीच अग्रपंक्तिमा खटिने पाँचजना महिलालाई सूचीकृत गरेको छ । जसमा नेपाली एक महिला समेत अटाएका छन् । विश्वका पाँच महिलामध्ये एकजना नेपाली पर्नु उहाँको लागि मात्रै नभई सिंगो राष्ट्र र विश्व समुदायको लागि प्रेरणादायी बनेको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot