Logo

भारतबाट लुकीछिपी नेपाल छिर्दा जोखिम



काठमाडौँ, २१ वैशाख ।  सीमाक्षेत्रमा कडाइ गरिए पनि लुकीछिपी भारतबाट नेपाल छिर्ने प्रवृत्ति नरोकिएपछि प्रदेश ५ मा कोरोनाको जोखिम देखिएको छ ।

भारत र नेपाल दुवैतिर बन्दाबन्दी रहे पनि झन्डै चार सय किलोमिटर खुला सिमाना रहेको यो प्रदेशमा विभिन्न बहानामा भारतबाट नेपाल छिरिरहेका घटना सार्वजनिक भएका छन् । प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले यस्तो प्रवृत्ति रोक्न प्रदेश सरकार कडाइसाथ अघि बढेको बताएका छन् । उनको भनाइअनुसार, यसबारे सीमाक्षेत्रका पालिका र सुरक्षा निकायका प्रमुखहरूसँग नियमित सम्पर्क र समन्वय भइरहेको छ ।
गाई–बाख्रा चराउने बहानामा प्रवेश
भैरहवा समाचारदाताका अनुसार नेपाल–भारत सीमा सिल गरिए पनि अझै लुकीछिपी नेपाल आउनेक्रम रोकिएको छैन । रूपन्देही जिल्लास्थित नेपाल–भारतको खुला सीमानाकामा रोहिणी, डन्डा, कोठी, दानव नदी तरेर तथा गाई९बाख्रा चराउने बहानामा मानिस नेपाल प्रवेश गरेको पाइएको छ ।

गत बुधबारमात्रै भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेका एक युवालाई गाउँलेले गैँडहवा एकान्तवास ९क्वारेन्टाइन०मा पु¥याएको गैँडहवा गाउँपालिकाका स्वास्थ्य सीमानाकामा सुरक्षा सतर्कता बढाउँदाबढाउँदै पनि अपवादका रूपमा केही व्यक्ति नेपाल प्रवेश गरेको सशस्त्र प्रहरी नम्बर २७ गणका प्रहरी नायव उपरीक्षक निरंकार शुक्लाले बताएका छन् । (गोरखापत्रबाट )



प्रतिक्रिया दिनुहोस्