Logo

तीन दिन हावाहुरीसहित वर्षाको सम्भावना



काठमाडौं, बैशाख २१ । देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन पश्चिमी वायु र स्थानीय वायुको प्रभाव अझै सक्रिय अवस्थामै रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आईतबार देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

त्यस्तै, सोमबार देशको अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका पूर्वी तथा मध्य भूभागका धेरै स्थानहरुमा र पश्चिमी भू–भागमा केहि स्थानहरूमा मेघगर्जन,चट्याङ्ग र असिनासहित वर्षाको सम्भावना रहेको छ।

मंगलबारसमेत देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली कायमै रहने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्