Logo

अमेरिकामा कोरोनाले चुडेको पहिलो नेपाली महिला : रत्नावती खनाल



एजेन्सी, २१ बैशाख । गत नोभेम्बरदेखि चीनबाट शुरु भएको घातक कोरोना संक्रमण रोग (कोभिड १९) को खुलासा गर्ने युहानका डाक्टरको कोरोना भाइरसकै कारण मृत्यु भएको थियो ।

उनले गत डिसेम्बरमा सार्सजस्तै खतरनाक रोग आउन लागेको भन्दै सर्वसाधारणहरुलाई चेतावनी दिएका थिए । कोरोनाका कारण मर्ने पहलो व्यक्ती युहान शहरका ६१ वर्षीय पुरुष थिए । उनको मृत्यु मार्च ११ मा भएको थियो । यो कोरोना संक्रमण रोगबाट अमेरिकामा मर्ने पहिलो व्यक्ती वासिंटन राज्यको किङ काउन्टीका ७० वर्षीय पुरुष थिए । तर कोरोना भाइरसबाट ज्यान गुमाउने पहिलो अमेरिकन नागरिकको निधन चाहीँ चीनमा नै भएको थियो । अमेरिकामा कोरोनाको प्रकोप बढ्दै गएपछि नेपालीहरुको बाहुल्यता रहेको न्युयोर्क शहरमा पहिलो नेपाली ५० वर्षीय अनिल लिम्बुको देहावसानको खबरले अमेरिकाली नेपाली समाजलाई स्तब्ध पारीदिएको थियो ।

कोभिड १९ रोगको प्रकोप बढ्दै गएपछि अहिलेसम्म अमेरिकामा १५ जना नेपाली (दुईजना भुटानी नेपालीसहित), बेलायतमा २५ जना, पोर्चुगलमा एक, आयरल्याण्डमा एक, नेदरल्याण्डमा एकजनाको देहवसान भएको छ । यसरी कोरोनाका कारण मर्नेहरुमा पहिलो नेपाली महिला कोलोराडो, अमेरिकाकी रत्नावती खनालको देहावसान अप्रेल १६ मा भएको थियो । त्यसपछि नेदरल्याण्डकी ४० वर्षीय लक्ष्मी भट्टचनको मृत्यु अप्रेल १९ मा भएको थियो । (खसोखासखबरडटकम )



प्रतिक्रिया दिनुहोस्

Screenshot