Logo

साउदीले बजेट खर्चमा ठूलो कटौती गर्दै, तेलमा आएको मूल्य गिरावटले अर्थ व्यवस्थामा ठूलो धक्का



२१ वैशाख । साउदी अरेबियाका अर्थमन्त्री मोहम्मद अल जडानले कोरोना भाइरस सङ्क्रमणको कारण अर्थव्यवस्थामा भएको क्षतिको सामना गर्न कडा र पीडादायी निर्णय लिने बताएका छन्।

यो समस्याहरूबाट बाहिर निस्कनका लागि सबै विकल्पहरू खुला भएको उनको जिकिर छ। अल अरेबिया टिभीलाई शनिवार दिएको एक अन्तर्वार्तामा साउदी अरेबियाले बजेट खर्चमा ठूलो कटौती गर्ने अल-जादनले बताए। कोरोना भाइरसको प्रभाव यस वर्षको दोस्रो त्रैमासिकमा अर्थतन्त्रमा स्पष्ट देखिने उनको भनाइ छ। ‘साउदी अरेबियाको वित्तीय मामिला कडा हुने छ ताकि सबै कुरा बढी अनुशासित होस्’ अल-जादानले भने ।

देशभित्र रहेको मेगा परियोजनाको खर्च समेत कटौती गरिनेछ। विश्वको सबैभन्दा ठूलो तेल निर्यात गर्ने देश साउदी अरेबियाले ऐतिहासिक रूपमा कम तेलको मूल्यको सामना गरिरहेको छ।

मार्चको महिनामा साउदी अरेबियाको केन्द्रीय बैङ्कको विनिमय सञ्चितलाई गएको बीस वर्ष यताकै उच्च र तीव्र गिरावट आएको छ। २०११ पछिकै सबैभन्दा तल्लो तहमा आएको बताइएको छ।

तेलको मूल्यमा आएको गिरावटले पहिलो त्रैमासमा ९ अर्ब बिलियन डलरको बजेट घाटा रहेको छ। जादानले गत महिना भनेका थिए कि साउदी अरेबियाले आफ्नो विदेशी विनिमय सञ्चितलाई सन्तुलित राख्न यस वर्ष २६ अर्व डलर ऋण लिन सक्छ। मेरोलगानी



प्रतिक्रिया दिनुहोस्

Screenshot