Logo

कोरोना भाइरसका संक्रमित छ जना थपिए, कुल संख्या ७५ पुग्यो



काठमाडौं, २१ वैशाख । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या ७५ पुगेको छ । आज एकै दिन १६ जना कोरोना भाइरसका संक्रमित भेटिएपछि संख्या बढेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित १५ जनामध्ये १४ जना नेपालगञ्ज निवासी हुन् । यसअघि १० जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएकोमा साँझ फेरि ६ जना थपिएका छन् । अपरान्हसम्म ७ देखि ५८ वर्षका संक्रमित थपिएका थिए ।

साँझ स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा १६, २१ र ३४ वर्षका पुरुष छन् । महिलाहरु ४०, ५५ र ६० वर्षका छन् । उनीहरुको स्वास्थ्य सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको जनाइएको छ ।

आज थपिएका १५ मध्ये १४ जनाको सुशिल कोइराला क्यान्सर अस्पतालमा उपचार भइरहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot