Logo

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ५० हजार नाघ्यो



एजेन्सी, २३ वैशाख । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख ५० हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार ३६ लाखभन्दा बढी मानिसहरुमा संक्रमण पत्ता लागेको छ ।

सबैभन्दा बढी अमेरिकामा ६९ हजार मानिसको कोरोना संक्रमणबाट मृत्यु भइकेको छ । त्यहाँ १२ लाख मानिस संक्रमि भइसकेको तथ्यांक छ ।

स्पेनमा २ लाख ४८ हजार संक्रमित हुँदा २५ हजारको मृत्यु भइसकेको छ । इटालीमा २९ हजारको मृत्यु भइसकेको छ । बेलायतमा २८ हजार, फ्रान्समा २५ हजार, जर्मनीमा ६ हजार, रुसमा १३ सय, टर्कीमा ३४ सय, ब्राजिलमा ७ हजार, इरानमा ६ हजारको मृत्यु भइसकेको तथ्यांक छ । कोरोना भाइरस पहिलोपटक पत्ता लागेको चीनमा ४६ सयको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस्