Logo

एकजुट विश्वबाटै कोरोना पराजित गर्न सम्भव : प्रम



काठमाडौँ, २३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी, अस्वस्थता र अल्पविकसित अवस्था विरुद्धको लडाइँमा सिङ्गो मानव समुदाय एकै स्थानमा उभिनुपर्ने बताएका छन् ।

उनले विद्रोह तथा लडाइँमा संलग्न हुने यो समय नभएको चर्चा गर्दै संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा विश्वव्यापी युद्धविरामका लागि गरिएको अनुरोधलाई समर्थनसमेत गरेका छन् । प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित एक्सन रूमबाट असंलग्न आन्दोलनको सम्पर्क समूहको अनलाइन शिखर सम्मेलनलाई सोमबार सम्बोधन गदै यस्तो धारणा व्यक्त गरिएको हो । प्रधानमन्त्री ओलीले अजरबैजानमा आयोजित अनलाइन शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै विशेष गरी अतिकम विकसित, भूपरिवेष्ठित राष्ट्रहरू तथा साना विकासोन्मुख टापु राष्ट्रहरूमा कोभिड–१९ को प्रभाव असीमित रहेको चर्चा गरेका छन् ।

“यो सङ्कटले विकासोन्मुख राष्ट्रप्रतिको विद्यमान प्रतिबद्धताबाट पछि हट्ने बहाना कदापि प्रदान गर्नुहुँदैन । ” उनले भने, “सम्भावित आर्थिक मन्दीलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायलाई एक बलियो पुनस्र्थापना प्याकेज प्रदान गर्ने कार्यमा असंलग्न राष्ट्रहरूले सहकार्य र वकालत गर्नुपर्छ । ”प्रधानमन्त्रीले विश्व सामान्य अवस्थामा फर्किने विषय सुनिश्चित गर्न असंलग्न राष्ट्रहरूले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । विश्वव्यापी एकतालाई सुढृढ गर्न अनुभव साटासाट एवं प्रविधि, औषधिजन्य सामग्री तथा उपकरणहरूको आदानप्रदानको माध्यमबाट दक्षिण–दक्षिण सहयोगलाई अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । उनले असंलग्न आन्दोलनले सदस्य मुलुकहरूका सहयोगी कार्यमा समन्वय गर्नुपर्नेमा सबैको ध्यान आकृष्ट गरे । प्रधानमन्त्री ओलीले भने, “विश्वव्यापी ऐक्यबद्धताको भावनाअनुरूप विश्वभरिका गरिब तथा अति जोखिमयुक्त जनसङ्ख्याको आवाजलाई एकीकृत पार्नुपर्छ । ” उनले असंलग्न्न राष्ट्रहरूको कार्यटोली (टास्क फोर्स) गठनको स्वागतसमेत गरेका छन् ।

प्रधानमन्त्रीको सम्बोधनमा सङ्कटको घडीमा असंलग्न राष्ट्रहरू एकताबद्ध हुनुपर्नेमा विशेष जोड दिइएको थियो । “कोभिड–१९ लाई पराजित गर्न तथा शान्ति, स्थायित्व र समृद्धिको साझा आकाङ्क्षा प्राप्तिमा सहयोग पु¥याउन बहुपक्षीयता र विश्वव्यापी सहयोगलाई समर्थन गर्नुपर्छ भन्दै साथै कोभिड–१९ विरुद्धको सामूहिक लडाइँका लागि सम्पर्क समूह स्थापनाको पहललाई स्वागत गर्दै हाम्रा भाग्य एकापसमा कसरी जोडिएको छ भन्ने तथ्यलाई पनि स्मरण गरेका छन् ।

अहिले मानवता जोखिममा परिरहेको अवस्थामा भाइरसले हाम्रो क्षमताको परीक्षण गरेको तथा हाम्रो निरीहता उदाङ्गो तुल्याएको र यसले विश्व अर्थतन्त्र धराशयी भएको चर्चा गर्दै भने– मानव जीवनको रक्षा गर्नु र मानवताको संरक्षण गर्नुभन्दा महìवपूर्ण अर्को कुनै काम नभएको बताएका छन् । रोजगारी गुमेका छन् । शैक्षिक प्रणाली भत्केका छन् र लाखौँ मानिस गरिबीमा धकेलिँदै छन् । जसले गर्दा दिगो विकासका लक्ष्य हासिल गर्ने कार्य झन् कठिन बन्दैछ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot