Logo

कोरोनाको संक्रमण सकिएपछि विवाह गर्छु : मुख्यमन्त्री राई



काठमाडौं, २३ बैशाख । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो विवाहबारे प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चासो राखेको सुनाउँदै कोरोनाको संक्रमण हट्नेबित्तिकै विवाह गर्ने तयारी सुनाए । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,”मेरो विवाहको कुराबारे प्रमले पनि चासो राख्नुभयो । कोरोनाको संक्रमण हटेपछि विवाह गर्छु भनेको छु । अहिले कोरोनाको संक्रमण नआएको भए विवाह हुन्थ्यो, त्यही कारणले पर सरेको छ । उनले आफूसँग प्रेम गर्ने समय नभएकोले मागी विवाह गर्ने पनि जनाए । उनले भने, सम्माननीय प्रधानमन्त्रीज्यूले पनि बालुवाटार आउँदा कहिले जोडी लिएर आउनुहुन्छ भन्नुभएको छ, म छिट्टै विहे गर्छु, र श्रीमतीसहित बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न जान्छु ।”

पार्टीभित्र केपी ओलीको विकल्प खोज्ने सार्मथ्य कसैको पनि छैन्, बाहिर कराएर हुँदैन् : मुख्यमन्त्री शेरधन राई

 



प्रतिक्रिया दिनुहोस्