Logo

‘लकडाउन’बारे निणर्य गर्न मन्त्रिपरिषद्को बैठक बस्दै



काठमाडौं । भोलिदेखि सकिन लागेको लकडाउन सम्बन्धी निर्णय गर्न अहिले विहान ११ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले गरेको लकडाउनको अवधि विहिबार सकिने भएकाले जारी लकडाउनलाई कायमै राख्ने वा केहि खुकुलो बनाउनेबारे आजको बैठकबाट निणर्य हुने अनुमान लगाइएको छ ।

उच्चस्तरीय समिति र कार्यदलले दिएको सुझावअनुसार मन्त्रिपरिषद्ले निर्णय गर्ने भएकाले उक्त समितीले समेत लकडाउन थप्न सुझाव दिइसकेको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि झण्डै डेढ महिनादेखि लकडाउन जारी रहेको छ । देशका विभिन्न भागमा कोरोना संक्रमितको संख्यासमेत बढ्दै गएको छ ।



प्रतिक्रिया दिनुहोस्