Logo

वीरगन्जमा एकै दिन १७ जनामा कोरोनाको संक्रमण देखियो, संक्रमित ९९ पुगे



काठमाडौं, २४ बैशाख । पर्साको वीरगञ्जमा एकैदिन १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बुधबार प्रयोगशाला परीक्षण गर्दा १७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले जानकारी दिए । उनकाअनुसार आजसम्म पिसिआर प्रविधिबाट परीक्षण गर्नेहरुको संख्या १४ हजारभन्दा माथि छ ।

Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.24

Novel Coronavirus (COVID-19) Media Briefing 2077.01.24#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Wednesday, 6 May 2020

उनकाअनुसार नयाँ १७ संक्रमितसँग संक्रमितको संख्या ९९ पुगेको छ। यीमध्ये २२ जना उपचारपछि निको भएका छन्। १७ जना संक्रमितमा २ महिनाको बच्चादेखि ६६ वर्षसम्म रहेका छन्। उनीहरु सबै पर्सा जिल्लाका हुन्। आज थपिएका १७ जनामा ७ जना महिला र १० जना पुरुष हुन्।

 



प्रतिक्रिया दिनुहोस्