Logo

छ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किए



काठमाडौँ, २५ वैशाख । देशका अन्य प्रदेशमा कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमण बढ्दै गर्दा बाग्मती प्रदेशमा सङ्क्रमण भएका छ जना निको भएर फर्किएका छन् । सात जनामध्ये छ जना उपचारपछि निको भएर घर फर्किएको र एक जना उपचाररत छन् ।

चितवनका आरटी–पीसीआर पोजेटिभ देखिएका उपचाररत रहेको बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौँमा तीन, पाटन अस्पतालमा दुई र भरतपुर अस्पतालमा एक जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर फर्किएका थिए । नेपालमा सबैभन्दा पहिले गत माघ ९ गते बाग्मती प्रदेशको काठमाडौँमा नै कोरोना सङ्क्रमण पुष्टि भएको थियो । काठमाडौँमा चार, चितवनमा तीन र धादिङका एक जनामा कोरोना सङ्क्रमण भएको पाइएको थियो । बाग्मती प्रदेशका सबै जिल्लामा कोरोना भाइरसका शङ्कास्पद बिरामी राख्न र उपचारका लागि आइसोलेसन वार्ड बनाइएको छ ।

कोरोना सङ्क्रमित राख्न प्रदेशका १३ जिल्लामा तयार गरिएको ९४३ शøयाका आइसोलेसन कक्ष छन् । तीमध्ये अहिले प्रदेशका ११ जिल्लाका सबै आइसोलेसन कक्ष खाली छन् । १२४ शøया क्षमताको आइसोलेसन कक्ष रहेको ललितपुर जिल्लामा हाल आइसोलेसन कक्षमा तीन र ३५ शøया रहेको मकवानपुर जिल्लामा समेत तीन जना आइसोलेसन कक्षमा कोरोना भाइरसका शङ्कास्पद बिरामी छन् ।
(गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्