एजेन्सी, २६ वैशाख । कोरोना भाइरसबाट विश्वभर ३९ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो तथ्यांक अनुसार २ लाख ७० हजारभन्दा बढीको संक्रमणबाट निधन भइसकेको छ ।
सबैभन्दा बढी अमेरिकामा १२ लाख ९२ हजार संक्रमित भइसकेका छन् । त्यहाँ ७६ हजारको संक्रमणबाट मृत्यु भएको छ ।
स्पेनमा संक्रमित संख्या २ लाख ५६ हजार पुगेको छ । इटालीमा २ लाख १५ हजार र बेलायतमा २ लाख ६ हजार संक्रमित संख्या छ । रुसमा १ लाख ७७ हजार र फ्रान्समा १ लाख ७४ हजार संक्रमित भइसकेका छन् ।
चीनमा ८२ हजार र भारतमा ५६ हजार संक्रमित भएका छन् । भारतमा १८ सय मानिसको संक्रमणका कारण मृत्यु भइसकेको छ ।
नेपालमा १०१ जना संक्रमित भएका छन् । भुटानमा ७ जना संक्रमित भएका छन् ।