Logo

कोरोना परीक्षण गर्ने  किट अभाव 



काठमाडौँ, २६ वैशाख । हेटौँडास्थित प्रयोगशालामा पठाइएको (आरटी)पीसीआर र बाग्मती प्रदेशका लागि आएको आरडीटी किट सकिएको छ । सङ्घीय सरकारले किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडालाई पठाएको (आरटी) पीसीआर किट सकिएसँगै स्वाब परीक्षण गर्ने काम बिहीबारबाट रोकिएको छ ।

बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालय कोभिड १९ का प्रवक्ता पुरुषोत्तम सेढाइँले हेटौँडामा कोरोनाका शङ्कास्पद बिरामीको स्वाबको नमुना परीक्षण गर्न आएको (आरटी) पीसीआरको किट सकिएको जानकारी दिएका छन् ।  उनले पीसीआरको किट सकिएकाले कोरोनाका शङ्कास्पद बिरामीको स्वाबको नमुना परीक्षण गर्ने कार्य राकिएको भन्दै आरडीटीको किटसमेत केही मात्र बाँकी रहेको बताएका छन् । हेटौँडास्थित प्रयोगशालामा पीसीआर विधिबाट स्वाबको नमुना परीक्षण गर्न ४६२ किट प्राप्त भएकोमा बुधबार सबै किट प्रयोग भइसकेको छ ।

यस्तै बाग्मती प्रदेशका जिल्लामा सामाजिक विकास मन्त्रालय मार्फत आठ हजार र केन्द्रबाट दुई हजार ¥यापिड टेस्टका किट पठाइएकोमा बाग्मती प्रदेशका विभिन्न जिल्लामा गरी बुधबारसम्ममा नौ हजार ४४ जनाको परीक्षण भइसकेको छ । जिल्लामा आरडीटी टेस्टका केही किट मात्र मौज्दात छन् । स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणयकुमार उपाध्याय जिल्लामा भएको आरडीटी टेस्टका किट सकिएको बताउनुहुन्छ । उनका अनुसार अस्पताललगायत स्वास्थ्य संस्थामा पठाएका केहीमा मात्र आरडीटी किट बाँकी रहेको र अत्यावश्यक पर्दा परीक्षण गर्ने व्यवस्था गरिएको छ । मकवानपुरमा अन्य जिल्लाबाट र विदेशबाट आएकाको पहिलो प्राथमिकतामा राखेर हालसम्म ६६७ जनाको ¥यापिड टेस्ट गरिएको छ ।

हेटौँडा प्रयोगशालामा मकवानपुरसहित बारा, पर्सा, रौतहट, सिन्धुली र चितवनबाट ल्याइएका स्वाबका नमुनाको पीसीआर विधिबाट परीक्षण हुँदै आएको छ । बाग्मती प्रदेशमा हाल आरटी९पीसीआर परीक्षण हेटौँडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशाला, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौँ, भरतपुर अस्पताल कोभिड प्रयोगशाला, वीर अस्पताल, पाटन अस्पताल र धुलिखेल अस्पतालमा हुँदै आएको छ । बाग्मती प्रदेशमा हालसम्म आरटी पीसीआर दुई हजार २६७ जनाको परीक्षण गरिएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्