काठमाडौं, बैशाख २६ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चीनसँग खरिद गरेको स्वास्थ्य सामग्री नेपाली सेनाले समयमा उपलब्ध नगराउँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाता गुहार्न थालेको छ।
सेनाले समयमै स्वास्थ्यसामग्री उपलब्ध नगराएपछि किट अभाव भएर कोरोना भाइरस पत्ता लगाउन गरिनेपिसिआर परीक्षण बन्द हुन लागेपछि सरकारले विदेशी दातृ निकाय गुहारेको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रहेका ३ हजार किट सांसदलगायतका भिभिआइपीको परीक्षणका लागि छुट्याएपछिं उपत्यकाबाहिरका प्रयोगशालामा पिसिआर परीक्षणका लागि किट अभाव भएको छ। प्रदेश २, वाग्मती प्रदेश, प्रदेश ५ र सुदूरपश्चिमप्रदेशमा पिसिआर परीक्षण बन्द भइसकेको छ।
स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीका अनुसार सेनाले गत मंगलबारसम्ममा स्वास्थ्य सामग्री ल्याउने भनेको थियो तर ल्याएन। सेनाले मेडिकल सामग्री ल्याउनेछाँटकाँट नदेखाएपछि दातृनिकाय गुहार्नुपरेको उनले बताए।सरकारले सेनामार्फत खरिद गरेको मेडिकल सामग्री चीनको ग्वान्झाओमा रोकिएको नागरिक दैनिकमा खवर छ ।