Logo

पशुपतिनाथमा भक्तजनले गर्नुपर्ने आचरण के के



काठमाडौं, २६ वैशाख । पशुपतिनाथ हिन्दु धर्मालम्बीको महत्वपूर्ण तीर्थस्थल हो । पशुपतिनाथको दर्शन गर्न हरेक हिन्दुको सपना हुन्छ । तर,भक्तजनले निश्चित नियम पालना गर्नुपर्ने हुन्छ ।

सम्पूर्ण भक्तजन तथा दर्शनार्थीहरुले पालना गर्नुपर्ने आचरणः

आराध्यदेव भगवान् श्रीपशुपतिनाथको दर्शन गर्न आउनु हुने सम्पूर्ण भक्तजन तथा दर्शनार्थीहरुले पालना गर्नुपर्ने आचरणः

क. मन्दिर प्राङ्गणमा छालाजन्य बस्तु धारण गरी प्रवेश गर्न निषेध गर्ने ।

ख. मन्दिर प्राङ्गणमा शान्त एवं धार्मिक तथा आध्यात्मिक वातावरण कायम गर्न सहयोग पुर्याउने ।

ग. उच्छृङ्खल तथा अशोभनीय गतिविधि नगर्ने ।

घ. कोषद्वारा निर्धारित स्थानमा बाहेक अन्य स्थानमा थुक्न, दिशा पिसाब गर्न र फोहोर मैला फाल्न नहुने ।

ङ. आफूले मन्दिरमा चढाउन लागेको भेटी, दान तथा दक्षिणा नगद भएमा नजिकैका भेटीपात्र तथा दानपात्रमा राख्ने वा राख्न लगाउने र अन्य कुनै द्रव्य वा जिन्सीको हकमा कोषमा दाखिला गरी त्यसको रसिद भरपाई लिने वा लिन लगाउने ।

च. अशक्त, अपाङ्ग व्यक्ति तथा बृद्ध बृद्धाका लागि अग्रीम दर्शन गर्न यथोचित सहयोग गर्ने वा गराउने ।

छ. पूजा कार्यमा संलग्न भट्ट भण्डारीहरुसँग मर्यादित व्यवहार गर्ने ।

ज. मन्दिरमा सेवा लिए वापत कुनै पनि पूजारी, भण्डारी, कर्मचारी। सुरक्षाकर्मी तथा अन्य व्यक्ति विशेषलाई नगद, जिन्सी उपहार नदिने ।

झ. कोषद्वारा निर्धारित स्थानमा बाहेक अन्य स्थानमा क्यामरा, मोबाइल फोन तथा यस्तै अन्य विद्युतीय उपकरण प्रयोग नगर्ने ।

ञ. निर्धारित स्थानमा बाहेक अन्य स्थानमा धुप वत्ति बाल्न नहुने ।

ट. जुत्ता चप्पल लगाई मन्दिर प्रबेश गर्न नहुने ।

ठ. मन्दिर प्राङ्गणमा चुरोट, विडी, खैनी, पान तथा अन्य सूर्तीजन्य वस्तु प्रयोग नगर्ने ।

ड. मादक पदार्थ सेवन गरी मन्दिर प्रवेश नगर्ने ।

ढ. पशुपति क्षेत्रमा रहेका देवदेवीका मूर्तिमा क्षति पुर्याउने नहुने ।

ण. निर्धारित सुरक्षा व्यवस्थाको पालना गर्ने ।

त. मन्दिर प्राङ्गणभित्र कोषले तोकेको स्थानमा मात्र धार्मिक कार्य गर्ने ।

थ. तोकिएको स्थानमा बाहेक अन्य स्थानमा सवारी साधन ल्याउन वा रोकी राख्न नहुने ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot