Logo

सत्ता टिकाउन विदेशीसँग के सौदावाजी गर्नुभयो प्रधानमन्त्रीज्यू ?



रीता खनालः लिपुलेकको बाटो हुँदै भारतले मानसरोवर जाने सडकको उद्घाटन गर्यो । नेपाली भूमीबाट चीन सम्मको सडक खोलिएको छ । तैपनि सरकार बोलेको छैन ।

भारतले सडक खोल्नु वर्तमान सरकारसँगको सहमति मै भएको हो ? यसको प्रष्ट जवाफ आउनुपर्छ । के सरकारले जनतालाई झुक्याएर मिलेमतोमा सबै गर्न छुट त दिइरहेको छैन ?

केही समय अगाडी भारतले कालापानी लिपुलेक र लिम्पियाधुरा भारतको नक्सामा राखी सार्बजनिक गर्दा सरकार लामो समय मौन भयो । त्यतिबेला नक्कली रास्ट्रबाद छर्लंग भएको थियो । प्रधानमन्त्री ज्यु अति भयो । हरक्षेत्रमा जनता झुक्याउने र जनतामाथि ठगी गर्ने क्रियाकलाप भइरहेको छ । सँसारमा लोकतान्त्रिक पद्धति बाट स्थापित सरकारको केन्द्रबिन्दुमा जनता हुनेगर्दछ र जनताको जनमत सर्बश्रेष्ठ हुने गर्दछ । तर तपाईले सार्बभौमसत्ता सम्पन्न नागरिकलाई अचाक्ली हेप्नु भयो, न तपाइँ जनमत को सम्मान गर्नु हुन्छ न लोकतन्त्र ले निर्देशित गर्ने संबैधानिक र कानुनी मार्गको अबलम्बन गर्नुहुन्छ न प्रतिपक्षी को सुझाव र साथ लिन खोज्नु हुन्छ नत आफ्नै पार्टी भित्रको पूर्ण बिस्वास र साथ कायम राख्न सक्नु भएको छ ।

यो महामारिमा सत्ता लुछाचुडिमा अर्काको पार्टी फोड्ने र चुपचाप कि मलाइ समर्थन गर होइन भने तेरो बाटो खुलाछ भन्ने शैलिमा धम्काएर आफू मात्रै जति जति कुकृत्य गरिरहेपनी प्रचण्ड बहुमतको शक्तिमा सत्ताको राप मा अरुलाइ डडाइ रहन रातारात सम्बिधान सम्सोधन को अध्यादेश ल्याउने फिर्ता गर्ने जस्तो घिनलाग्दो काम मात्रै होइन साम्सद खरिद बिक्रि र अपहरण सम्म गर्नुभयो । यस्तो कालो कलन्क लागि सक्दा पनि सत्ता बहिर्गमन त कता हो कत्ता कम्तिमा लोकको लाज अलिकति पनि ढाक्छोप नगरी खुल्लमखुल्ला उत्तरी देशलाई आफ्ना पक्षमा चलखेल गरिदिन लमसार पर्नुभयो ।

आफ्नो पार्टीका आफू बिरोधी कदम दबाउन दुनियाँ कै शक्ति राष्ट्रसङ हार गुहार गरेर आन्तरिक घरझगडामा हस्तक्षप गराइ माग्नुभो यस्को बदलामा केके साट्नु भयो त्यो त समयले उजागर गर्ने नै छ तर तपाइँको राष्ट्रबादको मुखुण्डो लम्पसारबादले छरपस्ट पारिसक्दा पनि तपाईं अझै खोक्रो आत्मरतीमा सत्ता लिप्सा मा निर्लज्ज हुनुभएको छ । तमाम नागरिक लकडाउनको नाममा घरभित्र ४८ दिन्देखी थुनिएका छन, बिपन्न र निमुखा को घरमा चुल्हो बल्न छोडि सक्यो, भोक र अभावले धमाधम आत्महत्या गर्न थालिसके देश को अर्थ ब्यबस्था चौपट्टै भै सक्यो, बिदेश मा अलपत्र नेपाली हरु जिबनमरण मा छन कोरोना को कहर भन्दा बढी बिदेशी को अपमान , तिरस्कार र विभेद ले गाँस र बाँसको समेत समस्याले छटपटाइ रहेकाछन । बिदेशीले तेरो देश जा भनेर घोक्राउछ तपाईँ त्यी बस भन्नुहुन्छ । जनता रोइरहेका छन् तपाईं तिनको आवाज सुन्नुहुन्न ।

तपाईंले धेरै सपना देखाउनुभयो । झूट ले केहिछिन कसैलाई दिग्भ्रमित गर्ला तर सधै कोहि झुक्किदैन१ तपाईं अजेय शक्ति जनता जनार्दनलाई जिल्याएर जहाँ पुग्नु भयो तिनै नागरिक र रास्ट्र माथी गरेको तपाइको यो अकल्पनीय बेइमानी, चरम भ्रष्ट चरित्र , आफू केन्द्रित रबैया ,हैकमवाद , निरंकुशता र अधिनायकवादि गतिविधि को चौगुना हिसाबकिताब गर्नेनै छ आजको सचेत पुस्ताले राष्ट्रवाद लम्सारबाद हुन सक्दैन होशियार !



प्रतिक्रिया दिनुहोस्

Screenshot