Logo

कोरोना भाइरसबाट विश्वभर २ लाख ८० हजार मृत्यु भएका मध्ये अमेरिकामा मात्र ८० हजार



एजेन्सी, २८ वैशाख । कोरोना भाइरसको संक्रमणबाट विश्वभर २ लाख ८० हजार मानिसको मृत्यु भएको छ । जसमध्ये अमेरिकामा मात्र ८० हजारको मृत्यु भएको तथ्यांक छ ।

विश्वभर संक्रमित संख्या ४१ लाख नाघेको छ । जसमध्ये अमेरिकामा मात्र १३ लाखभन्दा बढी संक्रमित संख्या छ ।

स्पेनमा मृतक संख्या २६ हजार छ । इटालीमा ३० हजार, बेलायतमा ३१ हजार, रुसमा १८ सय, फ्रान्समा २६ हजार, जर्मनीमा ७ हजार, ब्राजिलमा १० हजारको मृत्यु भएको छ । विश्वका चार देशमा २ लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित छन् ।



प्रतिक्रिया दिनुहोस्