Logo

कोरोनाबाट पूर्व गोरखा सैनिक कर्णबहादुर राईको बेलायतमा निधन



एजेन्सी/लण्डन, २८ बैशाख । कोरोना संक्रमणबाट भूतपूर्व गोरखा सैनिक कर्णबहादुर राईको बेलायतमा शनिबार निधन भएको छ । श्वास फेर्न गाह्रो भएपछि १० दिनअघि अस्पताल लगिएका राईको मेडिस्टोन अस्पताल केन्टमा निधन भएको किरात यायोख्या मेडिस्टोन प्रारम्भिक कार्यसमितिका अध्यक्ष देवेन्द्र खेरेसले जानकारी दिए ।

७७ वर्षीय राईलाई कोरोनाको लक्षण घरमै देखिएको थियो । उनलाई शुरुमा टाउको दुख्ने गरेको थियो भने पछि श्वास फेर्न गाह्रो भएको थियो । उनलाई भेण्टिलेटरमा राखी उपचार गरिँदैथियो । परिवारका अनुसार उनमा अन्य कुनै स्वास्थ्य समस्या थिएन । ताप्लेजुङ मैवाखोला स्थायी घर भएका राई सन् २०१७ देखि बेलायतको मेडिस्टोनमा बसोबास गर्दै आएका थिए ।

बेलायत आएको केही महिनामै राईकी श्रीमतीको निधन भएको थियो । उनी हाल एक छोरा, एक छोरीसित बेलायतमा बस्दै आएका थिए । उनको दुई छोरा, चार छोरी छन् । सेभेन्थ गोरखा राइफल्सका राईको आर्मी नम्बर २११५२९७५ रहेको छ । (वीनेपालीडटकमबाट)



प्रतिक्रिया दिनुहोस्