Logo

उदयपुरमा थप एकमा कोरोना पुष्टि, कुल ११०



काठमाडौँ २८ बैशाख । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के क्षेत्रका अर्का महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ११० पुगेको छ ।

कोशी अस्पताल विराटनगरमा गरिएको पिसिआर परीक्षणमा ४३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा।संगिता मिश्राले एकजनामा संक्रमण पुष्टि भएको ल्याब परीक्षणको रिपोर्टले देखाएको बताएका छन् । तर स्वास्थ्य मन्त्रालयबाट औपाचारिक रुपमा पुुष्टि गर्न बाँकी रहेको छ । संक्रमित महिलाको परिवारका सदस्य यस अगाडि संक्रमित भएको वा नभएको विषयमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयमार्फत पहिचान भईरहेको डा. मिश्राले बताएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले संक्रमित पुष्टि भएको र व्यक्तिको विस्तृत विवरण बुझ्ने काम भईरहेको बताएका छन् । भर्खरै सूचना प्राप्त भएसँगै हामीले सम्बन्धित क्षेत्रमा पुगेर पहिचान गरि संक्रमितलाई परिवार र समुदाय भन्दा अलग राख्ने तयारी गरिरहेका छौं । प्रदेश १ मा योसँगै संक्रमितको संख्या ३५ पुगेको छ । आजै उदयपुरका तीनजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । उदयपुरमा मात्रै संक्रमितको संख्या ३२ जना पुगेको छ । तर, उपचारपछि उदयपुरका १४ जनाले स्यावस्थ्य लाभ समेत लिईसक्नु भएको छ । कोभिड–१० उपचार केन्द्रमा यस अगाडीका १७ सहित आज दिउँसो भर्ना गरिएका ३ गर २० जनाको उपचार भईरहेको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्