Logo

आजदेखि उपत्यकामा सवारी ‘टाइम कार्ड’ लागू, गाडी चलाउन यस्तो नयाँ नियम



काठमाडौं, बैशाख २८ । कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरण गर्न उपत्यकामा आजदेखि सवारी ‘टाइम कार्ड’ लागू भएको छ। सरकारले सर्तसहित छुट दिएका विभिन्‍न क्षेत्रका उद्योग खोल्नका लागि यस्तो निर्णय गरेको हो ।

उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरी र उद्योग वाणिज्यका पदाधिकारीसंगको छलफलपछि उक्त निणर्य गरिएको जनाइएको छ ।

निणर्य अनुसार आजदेखि निर्माण सामाग्री बोक्ने मालवाहक ट्रक र ट्रीप्परले बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म चल्न पाउने छन् । त्यस्तै, सरकारी कार्यालयका कर्मचारीले बिहान ९ः३० देखि १०ः३० सम्म र बेलुका ५ बजेदेखि ६ बजेसम्म चल्न पाउने छन्।

बैंक तथा वित्तिय संस्थाका सवारीले बिहान ९ देखि १० बजेसम्म र बेलुका ३ः३० देखि ५ बजेसम्म चल्न पाउनेछन्। औषधि तथा खानेपानीका सवारी दिनभर चल्न पाउनेछन भने अत्यावश्यक खाद्यान्नका सामाग्री बोक्ने साधन भने बिहान ४ बजेदेखी १० बजेसम्म चल्न पाउने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्