Logo

पाँच हजार मिटर उचाईमा भारत र चीनका सैनिकबीच झडप



एजेन्सी, २८ वैशाख । भारत र चीनका सैनिकबीच सीमामा झडप भएको छ । शनिबार उत्तरी सिक्किममा पर्ने भारत चीन सीमामा भएको झडपमा दुवै तर्फका सैनिकहरु सामान्य घाइते भएका छन् ।

इन्डियन एक्सप्रेसका अनुसार सिक्किमको नाकु ला क्षेत्रमा झडप भएको थियो । यो ५ हजार मिटर उचाईमा पर्छ । दुवै तर्फका सैनिकले उत्तेजित हुने गरी व्यवहार गरेको उल्लेख छ ।

झडपपछि स्थानीय तहमा वार्ताबाट समस्या समाधान गरिएको जनाइएको छ । त्यसकारण कुनै ठुलो घटना घट्न पाएन । दुवैतर्फले बनाएको प्रोटोकलका आधारमा विवाद मिलाइएको थियो ।

यसअघि दुवै देशबीच दोख्लामको विवादले ७३ दिनसम्म समस्या भएको थियो । यो तीन वर्ष अघिको घटना हो । चीनले दोख्लाममा सडक निर्माण गर्न खोजेको भन्दै विवाद भएको थियो । यी दुई देशले युद्ध समेत लडिसकेका छन् । सीमाको विषयमा बेला बेलामा झडप भइरहन्छ ।-Photo Source: Agency 



प्रतिक्रिया दिनुहोस्

Screenshot