Logo

कोरोना भाइरसविरुद्धको एक अर्ब खोप उत्पादन गरिदै



एजेन्सी, २९ वैशाख । सन् २०२१ को शुरुमै कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादन गरिसक्ने दौडमा विश्वका विकसित देशहरु सक्रिय भएका छन् । स्वास्थ्य सम्बन्धी विश्वकै ठुलो कम्पनि मध्येको जोन्सन एन्ड जोन्सनले पनि उत्पादनका लागि परीक्षणहरु गरिरहेको छ ।

जोन्सन एन्ड जोन्सनले अर्को वर्षभित्र एक अर्ब संख्यामा कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादन गरिसक्ने योजनामा काम गरिरहेको छ । सीएनएनका अनुसार यो वर्षको अन्तिमसम्मै उत्पादन शुरु गरिसक्ने योजना गरेको छ ।

कम्पनिका मुख्य वैज्ञानिक डा. पाउल स्टोफेल्सको भनाई उदृत गर्दै सीएनएनले अर्को वर्षभित्र कोरोना भाइरसविरुद्धको खोप उत्पादन भइसक्ने उल्लेख गरेको छ । क्लिनिकल परीक्षणमा केही समय लाग्ने समेत भनिएको छ ।

विश्वभर अमेरिका, चीन, रुस, भारत, बेलायत, अष्ट्रेलिया, इजरायललगायत देशहरु कोरोना भाइरसविरुद्धको खोप बनाउने दौडमा छन् ।-Photo Source: Agency 



प्रतिक्रिया दिनुहोस्