Logo

कोरोना भाइरसबाट विश्वभर २ लाख ८७ हजारको मृत्यु



काठमाडौं, ३० वैशाख । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख ८७ हजार नाघेको छ । संक्रमित संख्या ४२ लाख ५० हजार नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार अमेरिकामा १३ लाख ८५ हजार संक्रमित भइसकेका छन् । त्यहाँ ८१ हजारभन्दा बढीको संक्रमणबाट मृत्यु भइसकेको छ ।

स्पेनमा २६ हजार, बेलायतमा ३२ हजार, रुसमा २ हजार, इटालीमा ३० हजार मानिसको मृत्यु भएको छ । रुसमा संक्रमित संख्या २ लाख २१ हजार पुगिसक्दा पनि अन्य देशको तुलनामा मृत्यु दर भने कम छ ।

ब्राजिलले कोरोना भाइरस रोकथामका लागि हेलचेक्राइँ गर्दा संक्रमित संख्या १ लाख ६९ हजार पुगिसकेको छ । त्यहाँ ६ हजारभन्दा बढी संक्रमितको मृत्यु भइसकेको छ ।

भारतमा ७० हजार मानिसहरु संक्रमित भएका छन् । त्यहाँ २२ सय मानिसको संक्रमणबाट मृत्यु भएको छ । पाकिस्तानमा संक्रमित ३० हजार कटेका छन् । त्यहाँ ६६७ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस्