Logo

इलामको नामसालिङमा आगलागी तीन घर जले



काठमाडौँ ३० बैशाख । इलामको माईजोगमाई गाउँपालिका ३ को नामसालिङ स्थित शुक्रबारे बजारमा आगलागी हुँदा तीनवटा घर जलेर नष्ट भएका छन ।

सोमबार राती भएको आगलागिमा स्थानीय मांगेलाल गर्ग , छत्रकुमारी दर्जी र रुकमीणी प्रधानका तीनवटा काठका घर जलेर नष्ट भएका हुन । आगलागिबाट गर्ग र दर्जीको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ भने प्रधानको घर आगलागि नियन्त्रण गर्ने क्रममा भत्काईएको छ । राती कविर १० बजे शुरु भएको आगो बिहान ३ बजे मात्र नियन्त्रणमा आएको थियो । स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए ।
आगलागिबाट ७० लाख बढीको क्षती भएको स्थानीय प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।

माईजोगमाई गाउँपालिकाका अध्यक्ष जित बहादुर राईले क्षती बिबरण संकलन भैरहेको जानकारी दिएका छन् । आगो नियन्त्रण गर्न सूर्योदय नगरपालिका र इलाम नगारपालिकाका दमकल मगाईए पनि नआएको स्थानीयले बताएका छन् । आगलागिको कारण खुल्न सकेको छैन । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्