काठमाडौं, बैशाख ३०। नेपाली कांग्रेसका नेता डा चन्द भण्डारीले भारतले तत्कालिन सुगौली सन्धीलाई नमान्ने हो भने नेपाल सरकारले पनि मान्नुपर्ने कुनै बाध्यता नभएको बताएका छन् । उनले नेपाल सरकारले भारत सरकालाई उचित जवाफ दिनका लागि सुगौली सन्धी कार्यन्वयन गर्न भारत तयार नभए कांगडा र तिष्टाको कुरा उठाएर वार्तामा बस्नुपर्ने बताए ।
पत्रकार ऋषि धमलासँग कुरागर्दै डा भण्डारीले भारतकै कारण नेपालको राष्ट्रियता सधै खतरामा रहँदै आएको बताए । उनले भारतका कारण नेपालको राष्ट्रियता र प्रजातन्त्र सधै खतरामा पर्दै आएको दावी गरेका छन् । उनले भारत नेपालको छिमेकी भएपनि उ कहिल्यै पनि असल छिमेकी हुन नसकेकोसमेत दावी गरे ।
भण्डारीले नेपाली भूमिमाथि त्रिदेशीय व्यापारी नाका बनाउने भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सि जिनफिङबीच चीनमा सहमति भएपछि तत्कालिन प्रधानमन्त्री शुशिल कोइरालाले भारतीय राजदुतलाई बोेलाएर कुरा गर्दा र भारतीय प्रधानमन्त्रीलाई फोन गर्दा मोदी रिसाएर कोइरालाई भ्रमण जान समेत नदिएको प्रसंग उल्लेख गर्दै अहिलका प्रधानमन्त्रीमाथि संका उव्जिएको बताए।
उनले विगत लामो समय देखि भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनमा रहेको मानसरोवर जाने बाटो बनाउदा समेत जानकारी नराख्ने नेपालको सरकार, नेपाली सुरक्षाकर्मी र कर्मचारी के हेरेर बसेका थिए भन्दै नेपालका शासकहरु कहिल्यै पनि नेपालको हितमा नभएको बताए । देशको सुरक्षा गर्न नसक्ने सरकार, सुरक्षाकर्मी र कर्मचारीलाई कर तिरेर जनताले पाल्न आवस्या नभएको भण्डारीको तर्क छ ।
भण्डारीले भारतसँग चन्दा मागेर चुनाव लड्ने, मन्त्री बनाइदिनुपर्यो भन्दै भारतसँग लम्पसार पर्ने नेताहरुको हातमादेशको नेतृत्व गएकाले नेपालको राष्ट्रिता र प्रजातन्त्र सदैव खतरामा पर्ने गरेको दावी गरेका छन् । उनले मन्त्री र प्रधानमन्त्रीको आर्शिवादका लागि जिउ र जदौ गर्नेहरुबाट नेपालको रक्षा असम्भव रहेको ठोकुवा गरे।
उनले भने,‘भारतले सुगौली सन्धी मन्दैन भने नेपालले मात्रै मान्नुपर्छ भन्ने छैन । हामी पनि काँगडा तिस्टाको कुरा उठाउन सक्छौ । तर, नेपालमा त्यो आँट भएको नेता जन्मिएका छैनन् । नेपालको सुरक्षा गर्न नसक्ने सरकार, सुरक्षाकर्मी र कर्मचारी पाल्नु आवस्यक छैन । भारतलाई नोट पठाउदै मा र राजदुतलाई बोलाउदैमा केहि हुदैन । काम गरेर देखाउनुपर्यो । नेपाल हाम्रो हो । भारत चीनले अतिक्रमण गरेका जमिनहरु फिर्ता गर्नु पर्छ’ ।