Logo

काठमाडौंकी संक्रमित महिला चन्द्रागिरी नपा निवासी



काठमाडौं, ३१ वैशाख । पछिल्लो समय काठमाडौमा कोरोना पुष्टि भएकी महिला चन्द्रगिरी नगरपालिका निवासी भएको र उहाँ सहित भक्तपुरका दुई जनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको छ ।

भक्तपुरमा फेला परेका संक्रमित भने हाल सालै तराइबाट काठमाडौ आएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समिर अधिकारीले बताएका छन् । तीनै जनाको स्वास्थ्य अबस्था समान्य रहेको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्