काठमाडौँ ३१ वैशाख : भक्तपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको दुई जना सशस्त्र प्रहरी र स्टाफ नर्स रहेको जनाइएको छ । २७ वर्षीय पुरुष सशस्त्र प्रहरी र २५ वर्षीया महिला स्टाफ नर्स रहेको बुझिएको हो।
ती मध्ये २७ वर्षीय पुरुष भक्तपुरको चाँगुनारायण नगरपालिका १ सरस्वतीखेलस्थित सशस्त्र प्रहरीको नीलबाराही गणमा कार्यरत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, २५ वर्षीया महिला स्टाफ नर्स रहेको र उनी भक्तपुरकै एक निजी अस्पतालमा काम गर्ने बुझिएको छ। उनी सुनसरीको रामधुनी नपा झुम्काबाट दुई दिनअघि मात्रै भक्तपुर पुगेको स्रोतले जनाएको छ। उनलाई बाहिरबाटै संक्रमित भएर आएको हुनसक्ने अनुमान गरिएको छ। मेरोलागानी File photo