Logo

सुरक्षाकर्मी, पत्रकार र स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमणपछि जोखिम बढ्यो



काठमाडौं, ३१ वैशाख । नेपालमा कोरोना भाइरसको जोखिम बढेको छ । हिजो एकै दिन ८३ जना संक्रमित पत्ता लागेकोमा जनसम्पर्कमा बढी रहनेहरु पनि परेकाले जोखिम बढेको हो ।

संक्रमितमध्ये पर्साका दुईजना पत्रकार छन् । उनीहरु निकै सक्रिय पत्रकार भएको पत्ता लागेको छ । दुवैजना पत्रकार धेरैभन्दा धेरै व्यक्तिको सम्पर्कमा पुगेकोले जोखिम बढेको छ ।

यसैगरी स्टाफ नर्सलाई पनि कोरोना संक्रमण भएको छ । कपिलवस्तुको अस्पतालकी स्टाफ नर्स संक्रमित भएको हो ।

हिजो भक्तपुरका संक्रमितमध्ये एकजना सशस्त्र प्रहरीका जवान भएको पत्ता लागेको छ । २७ वर्षीय ती जवान पूर्व उपप्रधान तथा गृहमन्त्री भीम रावलका सुरक्षागार्ड हुन् । उनी श्रीमती सुत्केरी भएपछि एक महिनायता बिदामा बसेको खुलेको छ ।



प्रतिक्रिया दिनुहोस्