Logo

कोरोना भाइरसका नयाँ संक्रमित को को (सुचीसहित)



काठमाडौं, ३१ वैशाख । आज कोरोना भाइरसका दुईजना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित संख्या २१९ पुगेको छ ।

थपिएका संक्रमितहरु बाँके र कपिलवस्तुका पुरुष छन् । बाँकेका ३६ वर्षीय पुरुषको धुलिखेल अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा पत्ता लागेको हो । कपिलवस्तुका २२ वर्षीय पुरुषको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरी पत्ता लागेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार दुवैजना स्वास्थ्यकर्मीको सम्पर्कमा छन् । उनीहरुको स्वास्थ्य सामान्य छ ।

संक्रमितहरु
१. बाँके नेपालगञ्ज ८ का ३६ वर्षीय पुरुष
२. कपिलवस्तुका कपिलवस्तु नगरपालिकाका २२ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको



प्रतिक्रिया दिनुहोस्