Logo

कोरोना संक्रमित महिला निदान अस्पतालकी नर्स नरहेको अस्पतालद्वारा स्पष्टोक्ति



काठमाडौँ ३१ वैशाख : मंगलबार भक्तपुरमा कोरोना भाइरस संक्रमण पुष्टि भएकी २५ वर्षे युवती निदान अस्पतालमा कार्यरत नर्स नभएको निदान अस्पतालले जनाएको छ ।

अस्पतालले कोरोना संक्रमित भनिएकी कर्मचारी निदान अस्पतालको प्रांगणमा रहेको आरोग्य फाउन्डेसनको प्रशासनकाे कर्मचारी रहेको बताएको छ । संक्रमित युवतीमा कोरोना पोजिटिभ पुष्टि भएपछि उनी क्वारेन्टाईनमा रहेको र अस्पतालमा प्रवेश नगरेको पनि अस्पतालले स्पष्ट पारेको छ ।

संक्रमित युवती वैशाख ९ गते इटहरीस्थित घर गएको र वैशाख २९ गते काठमाडौँ फर्केर भक्तपुरमा बसेकी थिइन् ।उनलाई भक्तपुरबाट टेकु अस्पतालसम्म पुर्याउने आरोग्य फाउन्डेसनको गाडीका चालकसहित अर्का एक कर्मचारी पनि हाल आइसोलेसनमा बसिरहेका छन् ।युवतीको सम्पर्कमा रहेका अन्य व्यक्तिको पनि कन्ट्याक्ट ट्रेसिंग भइरहेको अस्पतालले जनाएको छ ।

यसका साथै अस्पतालका अन्य कुनै कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि नभएको पनि निदान अस्पतालले दाबी गरेको छ । मेरोलागानी



प्रतिक्रिया दिनुहोस्