(अपडेट : जेठ १ गते राति २ बजे)
जेठ १, काठमाण्डौ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ९६ हजार १ सय नाघेको छ ।
कोरोनाले सबैभन्दा धेरै अमेरिकाका नागरिकको मृत्यु भएको छ भने संक्रमण पनि अमेरिकामा नै धेरै फैलिएको छ ।
अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या विहिबार राति २ बजेसम्मको रिपोर्टअनुसार ८४ हजार ३ सय ५५ पुगेको छ । त्यस्तै त्यहाँ भाइरसबाट संक्रमित हुनेहरुको संख्या १४ लाख २० हजार ५ सय पुगेको छ । बुधबार अमेरिकामा ९ सय ३० जनाको मृृृृृत्यु भएको छ ।
उता, बेलायतमा मृत्यु हुनेको संख्या ३३ हजार १ सय ८६ पुगेको छ । संक्रमितको संख्या २ लाख २९ हजार ७ सय नाघेको छ । पछिल्लो २४ घण्टामा ४ सय ९४ जनाको मृृत्यु भएको छ ।
कोरोनाको उद्गमस्थल चिनमा ८२ हजार ९ सय २६ जना संक्रमित भएका छन । तर त्यहाँ ७८ हजार १ सय ८९ जना उपचारपछि निको भइसकेका छन् भने ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ । अहिले १ सय ४ जनाको उपचार भइरहेको छ ।
चीनको वुहानबाट सुरु भएको यो महामारीको असर पछिल्लो समय युरोपमा बढी देखिएको छ ।
इटलीमा मंगलबार १ सय ९५ जनाको मृत्यु हुँँदा त्यहाँ कुल ३१ हजार १ सय ६ जनाको मृत्युु भएको छ ।
स्पेनमा बुधबार १ सय ८४ जनाको मृत्यु हुँदा कुल २७ हजार १ सय ४ पुगेको छ ।
फ्रान्समा बुधबार ८३ जनाको मृृृत्युु हुँदा कुुुल मृृतकको संख्या २७ हजार ७४ पुगेको छ । फ्रान्समा १ लाख ७८ हजार संक्रमित छन् ।
छिमेकी मुलुक भारतमा पनि मृत्यु हुनेको संख्या २ हजार ५ सय ५१ जना पुगिसकेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा १३६ जनाको मृत्यु भयो । भारतमा संक्रमितको संख्या ७८ हजार नाघेको छ ।
ब्राजिलमा १२ हजार ६ सय ३५ जनाको मृत्यु भएको छ भने १ लाख ८० हजार ८ सय संक्रमित छन् ।
बेल्जियममा पनि मृत्युको संख्या ह्वात्तै बढेको छ । जहाँ ८ हजार ८ सय ४३ को मृत्यु भइसकेको छ ।
यस्तै जर्मनीमा १ लाख ७४ हजार संक्रमित हुनुका साथै ७ हजार ८ सयको मृत्यु भएको छ ।
इरानमा १ लाख १२ हजार ७ सय संक्रमित छन् । साथै ६ हजार ७ सय ८३ को मृत्यु भएको छ । रुसमा पनि २ लाख ४२ हजार २ सय जना संक्रमित भइसकेका छन् भने २ हजार २ सय १२ को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा रुसमा करिब १० हजार संंक्रमित थपिए ।
सबैभन्दा बढी प्रभावित देशहरु :
नेदरल्याण्ड – ५५६२
टर्की – ३९५२
क्यानडा – ५३०१
स्विडेन – ३४६०
स्विजरल्याण्ड – १८७०
मेक्सिको – ३९२६
इक्वेडर – २३३४
आयरल्याण्ड – १४९७
पेरु – २०५७
पोर्चुगल – ११७५
रोमानिया – १०३६
इण्डोनेसिया- १०२८चिनको वुहान सहरमा पहिलोपटक देखिएको कोरोना अहिले विश्वभरका २ सय १३ देशमा फैलिएको छ ।
अहिलेसम्म यो भाइरसका कारण ४४ लाख संक्रमित भएका छन् ।
संक्रमितमध्ये करिब १६ लाख ४५ हजार जना निको भएका छन् । उपचाररत करिब २४ लाख ५८ हजारमध्ये ४५ हजार ९ सयको अवस्था भने चिन्ताजनक छ ।