Logo

थप दुई जनामा भेटियो कोरोना, संक्रमितको संख्या दुई सय ४५ पुग्यो



काठमाडौं, जेठ १ । नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ४५ पुगेको छ। बिहीबार थप दुई जनामा कोरोना भाइरस पुष्टि संगै सर्तकता समेत बढाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा दुई नयाँ संक्रमित फेला परेका हुन् ।

जानकारी अनुसार चन्द्रागिरी निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीय बालिकालाई संक्रमण देखिएको हो। उनीहरुको स्वास्थ्य अवस्था सामान्य भएको र अहिले स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ।यस अगाडि बुधबार साँझ थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।



प्रतिक्रिया दिनुहोस्