Logo

७ कोरोना भाइरसका नयाँ संक्रमित को को (सुचीसहित)



काठमाडौं, १ जेठ । देशमा कोरोना भाइरसका सातजना नयाँ संक्रमित पत्ता लागेको छ । आज विहानै सात जना नयाँ संक्रमित थपिएलगत्तै कुल संक्रमित संख्या २५० पुगेको छ ।

संक्रमितमध्ये काठमाडौं चन्द्रागिरीका ३२ वर्षीय पुरुष, कपिलवस्तुकी छ वर्षीया बालिका छन् । सर्लाही धान्कौल नगरपालिकाका ४५ वर्षीय पुरुष, धनुषा मिथिलाका एक पुरुष एक महिला, महोत्तरीका दुई पुरुष संक्रमित भएका छन् ।

आज थपिएका सातजनामा पाँच पुरुष र २ महिला छन् ।

संक्रमितहरुको सुची
१. काठमाडौं चन्द्रागिरीका ३२ वर्षीय पुरुष, १ जेठमा पत्ता लागेको
२. कपिलवस्तुकी ६ वर्षीया महिला, १ जेठमा पत्ता लागेको
३. सर्लाही धन्कौलका ४५ वर्षीय पुरुष, १ जेठमा पत्ता लागेको
४. धनुषा जनकपुर नगरपालिकाका ४० वर्षीय पुरुष, १ जेठमा पत्ता लागेको
५. धनुषा मिथिला नगरपालिकाकी २० वर्षीया महिला, १ जेठमा पत्ता लागेको
६. महोत्तरी जलेश्वर नगरपालिकाका १६ वर्षीय पुरुष, १ जेठमा पत्ता लागेको
७. महोत्तरी बलवा नगरपालिकाका ३५ वर्षीय पुरुष, १ जेठमा पत्ता लागेको



प्रतिक्रिया दिनुहोस्