Logo

मन्त्रालयको गलत सुचनाका कारण पाँच जना संक्रमित बढे



काठमाडौं, जेठ १ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको त्रुटिका कारण कोरोना संक्रमितको संख्या बढेको पाइएको छ । विहिबार विहान मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ५० पुगेको जनाइएपनि उक्त संख्यामा पाँच जना पुरानै संक्रमित भएको मन्त्रालयले अर्काे विज्ञप्तिमार्फत प्रष्ट पारेको छ ।

आज विहान जारी विज्ञप्तिमा संक्रमितको संख्या बढाएर सार्वजनिक गरिदा प्रायः सबै अनलाईन सञ्चार माध्ययहरुले प्राथमिक्ताका साथ संक्रमितको संख्या दुई सय ५० पुग्यो भनेर समाचार प्रकाशन गरेका थिए ।

रिपोर्टर्स क्लब नेपाललेसमेत विहान ७.४५ बजे जारी गरेको विज्ञप्तिको आधारमा धनुषा, महोत्तरी र सर्लाहीका पाँच जना नयाँ सङ्क्रमितसहित जम्मा संक्रमित संख्या दुई सय ५० पुगेको खवर सार्वजनिक गरेको थियो । हाम्रो सञ्चार माध्ययमबाट गलत सुचना सम्प्रेषण हुन गएकोमा सचेत छौ ।

मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभर दुई सय ४५ संक्रमित रहेका छन् । आज फेला परेका नयाँ संक्रमितमध्ये काठमाडौं चन्द्रागिरिका ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिका रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्