Logo

यी हुन् आज थपिएका कोरोना भाइरसका ३ नयाँ संक्रमित (सुचीसहित)



काठमाडौं, १ जेठ । देशमा कोरोना भाइरसका तीनजना नयाँ संक्रमित पत्ता लागेको छ । आज विहानै दुई र दिउँसो एक गरी तीनजना नयाँ संक्रमित थपिएलगत्तै कुल संक्रमित संख्या २४६ पुगेको छ ।

संक्रमितमध्ये काठमाडौं चन्द्रागिरीका ३२ वर्षीय पुरुष, कपिलवस्तुकी छ वर्षीया बालिका छन् ।

यसैगरी, नवलपरासीका ४९ वर्षीय पुरुष संक्रमति पत्ता लागेका छन् । आज थपिएका सातजनामा दुई पुरुष र एक महिला छन् ।

संक्रमितको सुची
१. काठमाडौं चन्द्रागिरीका ३२ वर्षीय पुरुष, १ जेठमा पत्ता लागेको
२. कपिलवस्तुकी ६ वर्षीया महिला, १ जेठमा पत्ता लागेको
३. नवलपरासीको देवचुली १२ का ४९ वर्षीय पुरुष । १ जेठमा पत्ता लागेको



प्रतिक्रिया दिनुहोस्