Logo

राष्ट्र बेचिदिने खतरा



शोभा पाठकः विश्वव्यापी कोरोना महामारीको यस भिषम परिस्थितिमा यतिबेला पुरै विश्व गुज्रीरहेको छ। विश्व जगत चाडै यस महामारीको चपेटा बाट बाहिर निस्कोस भनि म भगवान पशुपतिनाथ संग प्रार्थना गर्दछु। साथीहरू कोरोनाको यस्तो विषम अवस्थाबाट हाम्रो राष्ट्र नेपाल पकै पनि अछुतो छैन। एकातिर हामी सबै यस महामारीसँग लडिरहेका छौ भने अर्कोतिर हाम्रो राष्ट्रका राजनैतिक दल फोहोरी राजनैतिक जालो बिछाइ आरोप प्रत्यारोपको भुमरीमा ब्यस्त छन्।

यस अन्तरालमा एकातिर भारतद्वारा नेपाली भुमी लिपुलेक र लिम्पियाधुरा मिची सडक बनाइएको कुरा बाहिर आएको छ भने अर्कोतिर चीनद्वारा सर्वोच्च शिखर सगरमाथा चीनमा रहेको दाबी समेत गरिएको छ। यि दुई अति गम्भीर बिषयहरुले अहिले हाम्रो राष्ट्रमा हलचल मच्चाएको अवस्था छ तर हाम्रो कथित राष्ट्रवादी सरकार भने कानमा तेल हालेर सुतेको छ।

आखिर सरकारको यस्तो रवैया किन भएको होला त ? राषटवादी सरकार प्रमुख ज्युले भनीसक्नुभो भारतले नेपाली भुमी प्रयोग गरि सडक निर्माण गरेको बारे मलाई केहि थाहा छैन। अनि सरकार का भुमिसुधार मन्त्री समेत रहेकी पद्मा अर्यालले त झन लिपुलेक र लिम्पियाधुरा नेपाल को नक्सामा नरहेको अभिव्यक्ति दिएकी छिन्।यी सबै कुरालाई दृष्टिगत गर्दा वर्तमान परिस्थिति भयावह रहेको बुझ्न सकिन्छ। यसबारे हामी सम्पूर्ण नेपाली सजग हुन आवश्यक छ।

निश्चित रूपमा सरकारको यतिबेला जुन किसिमको कार्य ब्यवहार छ त्यो अति संकास्पद तथा रहस्यमय रहेको छ। सरकारको वर्तमान गतिविधिले हाम्रो राष्ट्र नेपाल र हामी सम्पूर्ण नेपालीको भविष्य अन्धकार तिर जादै छ। तसर्थ यतिबेला राष्ट्रिय एकताको आवश्यकता रहेकोे छ। यदि हामी यसबारे बेलैमा गम्भीर भएनौ भने यो सरकारले बिस्तारै पुरै राष्ट्र बेचिदिने खतरा प्रबल छ। अहिलेको अवस्थामा हामीलाई कोरोना सङ्गसङ्गै राष्ट्रका शत्रुहरु सङ्ग पनि लड्न आवश्यक छ। पाठक नेपाल विश्व हिन्दु महासंघको केन्द्रिय सदस्य एवं महिला बिभाग प्रमुख हुन्)



प्रतिक्रिया दिनुहोस्

Screenshot