Logo

तीन नयाँ कोरोना भाइरसका संक्रमित थपिएसँगै कुल संक्रमित संख्या २४९ पुग्यो



काठमाडौं, १ जेठ । देशमा कोरोना भाइरसका तीनजना नयाँ संक्रमित थपिएका छन् । योसँगै आज संक्रमितको संख्या २४९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणबाट काठमाडौंका ७ वर्षीय बालक, जनकपुरका १७ वर्षीया महिला र धादिङका ३० वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसहित आज ६ जना नयाँ कोरोना संक्रमित पुष्टि भएको छ । देशभर कोरोना भाइरस समुदायमा फैलन थालेपछि सरकारले कडाई गरेको छ ।

आजबाट लकडाउन कडा गरिएको छ । यसअघि वितरित पास सबै रद्द गरिएको छ । एक जिल्लाबाट अर्को जिल्लामा जान समेत कडा बनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्