Logo

को हुन् आज पत्ता लागेका कोरोना भाइरसका ६ संक्रमित (सुचीसहित)



काठमाडौं, १ जेठ । देशमा कोरोना भाइरसको संक्रमित संख्या २४९ पुगेको छ । आज विहान र साँझ गरी छ जना नयाँ संक्रमित थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणबाट काठमाडौंका ७ वर्षीय बालक, जनकपुरका १७ वर्षीया महिला र धादिङका ३० वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि आज विहान काठमाडौं चन्द्रागिरीका ३२ वर्षीय पुरुष, कपिलवस्तुकी छ वर्षीया महिला र नवलपरासीका ४९ वर्षीय पुरुष संक्रमति पत्ता लागेको थियो ।

आज थपिएका छ जनामा पुरुष र महिला तीन तीनजना छन् ।

संक्रमितको सुची
१. काठमाडौं चन्द्रागिरीका ३२ वर्षीय पुरुष, १ जेठमा पत्ता लागेको
२. कपिलवस्तुकी ६ वर्षीया महिला, १ जेठमा पत्ता लागेको
३. नवलपरासीको देवचुली १२ का ४९ वर्षीय पुरुष । १ जेठमा पत्ता लागेको
४. काठमाडौं दहचोकका ७ वर्षीय पुरुष, १ जेठमा पत्ता लागेको
५. धनुषाको जनकपुरकी १७ वर्षीया महिला, १ जेठमा पत्ता लागेको
६. धादिङकी ३० वर्षीइा महिला, १ जेठमा पत्ता लागेको



प्रतिक्रिया दिनुहोस्