Logo

शुक्रबार ९ जनामा कोरोना पुष्टि, देशभर संक्रमितको संख्या २ सय ५८ पुग्यो



काठमाडौं, जेठ २ । शुक्रबार नेपालमा नौजना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुरमा १ जना र बाँकेमा ८ जना नयाँ संक्रमित थपिएका हुन् ।

बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरेको परीक्षणमा मकवानपुरका ३७ वर्षका पुरुषमा स‌ंक्रमण देखिएको हो । मकवानपुरमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ। आज फेला परेका नयाँ संक्रमितसंगै नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ५८ पुगेको छ ।

 



प्रतिक्रिया दिनुहोस्