Logo

सामाजिक संजालमा प्रधानममन्त्रीको तस्बिर जथाभावी पोष्ट गर्ने व्यक्ति पक्राउ



काठमाडौं, २ जेठ । फोटोको स्वरुप परिवर्तन गरी सामाजिक संजालमा पोष्ट गर्ने एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । विशिष्ट व्यक्तिहरुको फोटोको स्वरुप परिवर्तन गरी सामाजिक संजालमा पोष्ट गर्ने कार्यमा संलग्न सिन्धुली तिनपाटन गाउँपालिका बेलघारीका मधु पौडेल भन्ने तोरण राज पौडेल पक्राउ परेका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली लगायत अन्य विशिष्ट व्यक्तिहरुको फोटोको स्वरुप परिवर्तन गरी सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धको सामग्री प्रकाशन गरी घृणा, द्वेश फैलाउने उद्देश्यले विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन समेत गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले जनाएको छ ।

जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप लिई पौडेल उपर थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot