Logo

नीति तथा कार्यक्रम हाँस्यास्पद वक्तब्यजस्तो, यसले जनतामा भरोसा दिएन् : प्रदीप गिरी



काठमाडौं, २ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले सरकारले आज ल्याएको नीति तथा कार्यक्रममा पूरानै कुराहरु दोहोर्याएको टिप्पणी गरेका छन् । उनले यो नीति तथा कार्यक्रमले जनतामा आत्मविश्वास र भरोसा नदिएको पनि बताए ।

संसद भवन परिसरमा पत्रकाहरुसँग कुरा गर्दै सांसद गिरीले विगत २६ वर्षदेखि भन्दै आइएका योजनाहरू पूरा गरिनेछ, गरिनेछ भनेर मन्त्रजप गरिएको टिप्पणी गरे । उनले भने-“यो एउटा हास्यास्पद वक्तब्य जस्तो छ, अहिले कोरोनासँग जुध्नलाई देशको भौतिक सामर्थ्य पनि छैन् ।”

गिरीले चीन र भारतले योसँग जुध्नलाई भौतिक सामर्थ्य विस्तार र तयारी गरेको भएपनि नेपाल सरकारले भने पुरानै कुराहरू दोहोर्‍याउँदा त्यसले जनतामा कुनै पनि आशा नजगाएको धारणा राखेका थिए । Photo : Mukunda Kalikote-ReportersNepal.com



प्रतिक्रिया दिनुहोस्

Screenshot