Logo

थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि, कुल २६७ पुग्यो



काठमाडौँ, ३ जेठ । पछिल्लो परीक्षणको नतिजामा नौ जनामा कोरोनाभाइरस पोजिटिभ देखिएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले शुक्रबार साँझ विज्ञप्तिमार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

पुष्टि भएका थप सङ्क्रमितहरू पर्साको वीरगञ्जनिवासी ९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीया महिला, उदयपुरको त्रियुगा नगरपालिकानिवासी २५ वर्षीय पुरुष, दाङको गढवा ४, ५ र तुलसीपुरनिवासी २३, ३६ र ३४ वर्षका पुरुष र काठमाडौँ सतुङ्गलका ७ वर्षीय बालक रहेका छन् । सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्